धनगढी पोष्ट
शनिबार, २९ कार्तिक २०८२ मा प्रकाशित
सरकारले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागु हुने गरी डिजेलको मुल्य प्रति लिटर ३ र पेट्रोलको २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको २ रुपैयाँ ५४ पैसा र डिजेलको ५ रुपैयाँ ५३ पैसा मुल्य बढेर आएको निगमको भनाइ छ । तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर बढेकोबाट केही मुल्य मात्रै समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मुल्य १६१ रुपैयाँ पुगेको छ भने डिजेलको १४७ रुपैयाँ पुगेको छ ।