धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बिप्लब नेतृत्वको माओवादीकी नेता धामीलाई  रिहाइ लगत्तै पक्राउ गरि प्रहरीले डडेल्धुरा पठायो

बिप्लब नेतृत्वको माओवादीकी नेता धामीलाई  रिहाइ लगत्तै पक्राउ गरि प्रहरीले डडेल्धुरा पठायो

धनगढी

 जिल्ला अदालत कैलालीले रिहा गरेको लगत्तै  प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई  पक्राउ गरेर डडेल्धुरा पठाएको छ ।

   डडेल्धुरामा चलिरहेको मुद्धाको फरार अभियुक्त भएकोले धामीलाई पक्राउ गरेर डडेल्धुरा पठाईएको प्रहरीले जनाएको छ ।  जिल्ला अदात डडेल्धुरामा चलिरहेको हातहतियार तथा राजद्रोहको मुद्धामा फरार रहेकोले छुटेमा पक्राउ गरेर पठाइदिन पत्र आएकोले पक्राउ गरेर पठाइसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

    पार्र्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र धामीलाई  गत असार ३१ गते पक्राउ गरेको थियो ।  सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले धामीलाई  साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो भने पुनलाई ५० हजार धरोटी  तोकेको थियो । तर धरौटी नबुझाएपछि पुनलाई सोमबार नै कारागार चलान गरिएको छ ।  पुन र धामी श्रीमान  श्रीमती हुन् ।