धनगढी पोष्ट
मङ्गलबार, २७ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा १ सय ४६ जनाको स्वाव परिक्षण गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालद्वारा जारी कोरोना संक्रमण सम्बन्धी विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार संक्रमण पुष्टी भएकाहरुमा दार्चुलाका ५, कञ्चनपुरका ३ र धनगढी उप–महानगरपालिकाका २ जना रहेका छन् ।
सेती प्रादेशिक अस्पताका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेद्वारा जारी गरिएको विज्ञप्ति अनुसार मंगलबार संक्रमण पुष्टी हुनेमा मालिकार्जुन नगरपालिका दार्चुलाका ३ पुरुष, मार्मा गाउँपालिका दार्चुलाका २ पुरुष, धनगढी–७ र धनगढी–३ का १÷१ पुरुष, बेल्डाँडी गाउँपालिका कञ्चनपुरका १ पुरुष र बेलौरी नगरपालिका कञ्चनपुरका २ पुरुष रहेका छन् ।