धनगढी पोष्ट
सोमबार, २१ पुष २०८२ मा प्रकाशित
धनगढी । सिसीटिभी सर्भिलेन्स क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्ड युएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि. को निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो ।
सोमबार धनगढी रातोपुलमा आयोजित कार्य क्रममा जेन्जी युवा जैनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगबाट दियो बालेर शोरूमको औपचारिक उदुघाटन गरे ।
सो अवसरमा युएनभी नेपालका सेल्स डाइरेक्टर सर्दक अधिकारीले युएनभी स्मार्ट बोर्डमा नेपालमै एक नम्बर रहेको बताए । राति पनि बत्ती बिना उज्यालो देखिने प्रविधि आफुहरुसँग रहेको, सबै गाडीहरुको नम्बर रिड गर्ने क्यामेरा पनि रहेको र मुल्यमा पनि सस्तो रहेको अधिकारीेले बताए । आगामी दिनमा सर्भिस सेवा पनि शुरु गरिने अधिकारीले बताए ।
उग्रताराले युएनभीका सीसीटीभीको बिक्री बितरण पहिलेदेखि नै गर्दै आइरे पनि शोरुमको शनिबार शुभारम्भ गरिएको हो ।
उग्रताराका प्रवन्ध निर्देशक टेकराज पनेरुले ग्राहकहलाई गुणस्तरिय र बिश्वासिलो सेवादिन अन्तरराष्टिय स्तरमै प्रसिद्द युएनभी सीसीटीभीको शोरुम संचालनमा ल्याइएको बताए ।
युएनभी एक अग्रणी सिसीटिभी सर्भिलेन्स विशेषज्ञ ब्रान्ड हो, जसको हाल विश्वका २०६ देशहरूमा उपस्थिति रहेको छ । कम्पनीले अन्तरराष्ट्रिय रूपमा बेलायत, अमेरिका, कोरिया तथा मध्यपुर्वका बजारहरूमा नम्बर १ ब्रान्डको स्थान कायम गर्दै आएको छ ।
नेपालमा पनि युएनभीले आफ्नो विश्वसनीयता र गुणस्तर प्रमाणित गर्दै सुदुरपश्चि प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मा नम्बर १ सीसीटीभी ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरिसकेको छ । युएनभीले सीसीटीभी सुरक्षा समाधानका साथै विभिन्न आईटी उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
युएनभीका उत्पादनहरू प्रविधिका हिसाबले विशिष्ट र अत्याधुनिक छन् । यस अन्तर्गत ओडब्लु भ्यु टेक्नोलोजप् जस्तो अनौठो प्रविधि उपलब्ध छ, जसले रातको समयमा पनि दिनजस्तै स्पष्ट दृश्य प्रदान गर्दछ । साथै, एएनपीआर क्यामेरा प्रविधि मार्फत नेपाली नम्बर प्लेट पहिचान र क्याप्चर गर्न सक्ने क्षमता रहेको छ, जुन नेपालका लागि विशेष रूपमा उपयोगी समाधान हो ।
त्यसैगरी, युएनभी स्मार्ट बोर्ड प्रविधिमा पनि नम्बर १ ब्रान्डको रूपमा परिचित छ, जसले शिक्षा, कार्यालय तथा संस्थागत प्रयोगका लागि प्रभावकारी डिजिटल समाधान प्रदान गर्दछ ।
धनगढीमा सुरु गरिएको नयाँ शोरूम मार्फत सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय सीसीटीभी सुरक्षा समाधान, आईटी उत्पादन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ । उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको सहकार्यले स्थानीय बजारमा आधुनिक, सुरक्षित र भरपर्दो प्रविधिको पहुँच अझ सशक्त बनाउने विश्वास लिइएको छ ।
युएनभीले आगामी दिनहरूमा पनि नेपालभर आफ्नो सेवा र प्रविधि विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।