धनगढी पोष्ट बिहिबार, १७ बैशाख २०८३   April 30, 2026

गौरीगंगा महोत्सव  माघ २३ देखि शुरु हुदै

गौरीगंगा महोत्सव  माघ २३ देखि शुरु हुदै

कैलालीमा रहेको गौरीगंगा उद्योग वाणिज्य संघको आयोजनामा प्रथम गौरीगंगा महोत्सव २०८२ सम्बन्धी पत्रकार सम्मेलन म्पन्न भएको छ आगामी माघ २०८२/१०/०२३ गते देखि फागुन ५ सम्म सञ्चालन हुने महोत्सवका उद्देश्य, तयारी अवस्था तथा कार्यक्रम संरचनाबारे जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको हो

सम्मेलनमा महोत्सव मार्फत स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन तथा घरेलु उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको जानकारी गराइएको छ

 गौरीगंगा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले महोत्सवले स्थानीय उद्यमी, व्यवसायी र सर्वसाधारणबीच आपसी सहकार्य र विश्वास बढाउने विश्वास व्यक्त गरे

 साथै सफल आयोजनाका लागि सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सम्पूर्ण नगरवासीको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।प्रथम गौरीगंगा महोत्सव २०८२ गौरीगंगाको पहिचान, सम्भावना र समृद्धिको सन्देश बोकेको ऐतिहासिक उत्सव हुने आयोजकको दाबी छ

 


ट्रेन्डिङ