धनगढी पोष्ट बुधबार, १४ माघ २०८२   January 28, 2026

अक्सफोर्डको खेल सप्ताह सुरु

अक्सफोर्डको खेल सप्ताह सुरु

धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर–४ स्थित अक्सफोर्ड युनिभर्स रिडेक्स सेकेन्डरी स्कुलको १६औं खेल सप्ताह आइतबार देखि सुरु भएको छ । ४२ विधाका ६४ खेल सञ्चालन गर्नेगरी खेल सप्ताह सुरु गरिएको विद्यालयका प्रिन्सिपल लोकराज पन्तले बताए । खेल सप्ताहमा कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीलाई सहभागि गराइएको छ । प्रतियोगिता उद्घाटन गर्दै प्याब्सन धनगढी नगरकमिटि अध्यक्ष धुर्बबहादुर सिंहले विद्यार्थीको शारिरीक र मानसिक तन्दुरुस्तिका लागि खेल अनिवार्य रहेको बताए । अक्सफोर्ड स्कुलले प्याब्सन फेस्टिबलमा आफुलाई बलियो दावेदारका रुपमा प्रस्तुत गर्दै आएको भन्दै उनले प्रसंसा समेत गरे । ‘कवडिमा अक्सफोर्जको एक छत्र राज छ, उनले भने, ‘अन्य विधाका खेलमा पनि आफुलाई बलियो दावेदारका रुपमा प्रस्तुत गर्दै आएको छ, छोटो समयमा विद्यालयले गरेको यो प्रगति प्रसंसनीय छ ।’

उनले विद्यार्थीलाई अनुशासनको डोरीमा बाध्ने प्रभावकारी माध्याम खेल भएको बताए । खेलले नै विद्यार्थीलाई सारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न सहयोग गर्ने गरेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल लोकराज पन्तले विद्यार्थीलाई उत्कृष्ठता हाशिल गर्न र स्वस्थ प्रतिष्प्रधाको भावना जगाउन अक्सफोर्डले खेल सप्ताह आयोजना गर्दै आएको बताए । अक्सफोर्डमा अध्ययन गरेका धेरै विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न थालेको देख्दा खुशी लागेको उनको भनाई छ ।

पन्तका अनुसार अक्सफोर्डमा अध्ययन गरेका अर्जुन बस्नेत अन्तराष्ट्रिय खेलाडी बन्न सफल भएका छन् । माघ १६ गते सम्म सञ्चालन हुने प्रतियोगिता विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमराज पाण्डेयको अध्यक्षतामा सुरु भएकोहो । अध्यक्ष पाण्डेय र पूर्व अध्यक्ष नरबहादुर भण्डारीले रिवन काटेर भलिव खेल उद्घाटन गर्दै सप्ताह व्यावि खेल कार्यक्रम सुरु भएको घोषणा गरेका थिए ।