धनगढी पोष्ट
आइतबार, १८ माघ २०८२ मा प्रकाशित
धनगढी । चेम्बर अफ कमर्स सुदूरपश्चिम कार्यसमितिले तयार गरेको समृद्ध सुदूरपश्चिमको खाका सार्वजनिक गरेको छ । आइतबार कैलालीको अत्तरियामा पत्रकार सम्मेलय आयोजना गर्दै चेम्बर अफ कमर्सले ५ वटा स्तम्भमा तयार गरेको समृद्ध सुदूरपश्चिमको खाका सार्वजनिक गरेको हो ।
चेम्बर अफ कमर्सले स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी उद्यम र डिजिटर रुपान्तरण, स्वास्थ्य शिक्षा र मानव पूजी, भौतिक पूर्वाधार र रणनीतिक पहुँच तथा पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायलाई आधार स्तम्ब बनाइएका छन् ।
ती स्तम्बका रणनीतिक योजना समेत चेम्बर अफ कमर्सले अघि सारेको छ । कृषि तर्फ स्थानीय स्तरमा उत्पादन हुने सामाग्रीको सरकारी स्तरमा प्रयोग गरिनुपर्ने, एआई प्रबिधिमा आधारित बजार प्रणाली लागु गरिनुपर्ने, आयात व्यापार गर्दा ४० प्रतिशत स्थानीय उत्पादनको बिक्री वितरण अनिवार्य गरिनुपर्ने रणनीतिक योजना चेम्बर अफ कमर्सले अघि सारेको हो ।
त्यस्तै रोजगारी तर्फ जडिबुटी, पर्यटन, एआई सफ्टवेयर डाटा, साईबर सेक्यूरिटी, क्षेत्रमा स्थानीय रोजगारी सिर्जना गरिनु पर्ने, एआई पार्क, स्टार्टअप विजनेशमा सहुलियत ऋणको ग्यारेन्टी, एआईमा आधारित अनुगमन, ग्रामीण क्षेत्रमा प्रविधिको पहुच बढाउनु पर्ने उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै चेम्बरका प्रदेश अध्यक्ष विनोद मल्लले प्रतिबद्धता सहितको कार्य योजना घोषणा पत्रमा समावेस गर्न प्रतिनिधि सभाका सवै उम्मेदवारको हातहततमा पुर्याउने तयारी रहेको बताए । ‘सुदूरपश्चिमलाई समृद्ध बनाउन तयार गरिएको खाका सवै उम्मेदवारको हातहातमा पुर्याइने छ,’ मल्लले भने, ‘सवै उम्मेदवारले अव विकास र समृद्धिका लागि प्रतिबद्ध हुनै पर्छ ।’ कार्ययोजना लेखेर छोड्ने भन्दा कार्यान्वयनलाई प्राथमिकतामा दिइने उनी बताउनछन् ।