धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कृषि विकास बैंक कर्मचारी सङ्घद्धारा रक्तदान आयोजना

कृषि विकास बैंक कर्मचारी सङ्घद्धारा रक्तदान आयोजना

धनगढी । कृषि विकास बैंक लिमिटेड को ५९ औँ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कृषि बिकास बैंक रातोपुल धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कृषि बिकास बैंक कर्मचारी संघका प्रदेश अध्यक्ष चक्र कुन्जेडाले बताए ।

अध्यक्ष कुन्जडाका अनुसार बैंकको वार्षिक उत्सवको अवसरमा संघले हरेक वर्ष देशभरि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्ने गर्दै आएको छ ।