धनगढी पोष्ट
बुधबार, ०६ फागुन २०८२ मा प्रकाशित
धनगढी उप–महानगरपालिकाकी उपमेयर प्रमुख कन्दकला रानाले विद्यालयको समग्र शैक्षिक उपलब्धि तथा प्रगतिप्रति प्रशंसा व्यक्त गरिन् ।
धनगढीस्थित नन्दिनाज एकेडेमीले १३औँ अभिभावक भेला–२०८२ बुधबार धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक, शिक्षक तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो अवसरमा धनगढी उप–महानगरपालिकाकी उपमेयर प्रमुख कन्दकला रानाले विद्यालयको समग्र शैक्षिक उपलब्धि तथा प्रगतिप्रति प्रशंसा व्यक्त गरिन् । उपमेयर प्रमुख कन्दकला रानाले विद्यार्थीहरूको क्षमता, आत्मविश्वास र अनुशासनको खुलेर सराहना गर्दै गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धताको प्रशंसा गरिन् ।
सम्मानित व्यक्तित्व पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्री पदम सिंह कुँवरले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बालबालिकामा नैतिक शिक्षाको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिए । उनले नैतिक शिक्षाले विद्यार्थीहरूको चरित्र निर्माण तथा असल नागरिक बन्न मार्गदर्शन गर्ने बताए ।
सम्मानित व्यक्तित्व दृष्टि फाउन्डेसनकी संस्थापक कल्पना भट्टले अपाङ्ग तथा अभिभावकविहीन व्यक्तिहरूको हेरचाहसँग सम्बन्धित आफ्ना भावनात्मक अनुभवहरू साझा गरिन् । उनले नन्दिनाज एकेडेमीले हरेक पक्षमा आफुलाई निरन्तर साथ र सहयोग गर्दै आएको बताइन् । अभिभावकहरूलाई पनि यस्ता असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगका लागि एकजुट हुन आग्रह गरिन् ।
विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयकी प्राचार्य श्रीमती सञ्जु आचार्यले २६ जना विद्यार्थीबाट सुरु भएको यात्रा आज अनुसन्धानमुलक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास भएको बताइन् । उनले नन्दिनाज एकेडेमी धनगढीका अभिभावकहरूको पहिलो रोजाइको विद्यालय बन्न सफल भएको बताइन् ।
उक्त अवसरमा पञ्चोदय माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक पदम सिंह कुँवरलाई शिक्षा क्षेत्रमा पुरयाएको महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको थियो । साथै, दृष्टि फाउन्डेसनकी संस्थापक कल्पना भट्टलाई सामाजिक सेवामा पुरयाएको अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
सो अवसरमा दृष्टि फाउण्डेशनको पर्खाल बनाउनको लागि एक लाख ५० हजार रुपैपा प्रदान गरिएको थियो । नन्दीनाथको शिक्षक र विद्यार्थीहरुले नास्ताको रकम बचाएर संकलन गरेको उक्त रकम शिक्षक र बिद्यार्थीहरुले फाउण्डेशनकी संस्थापक भट्टलाई प्रदान गरेको थिए ।
विद्यालयका कार्यकारी निर्देशक महेश बिष्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बिष्णु राईले व्यक्त गरो थिए भने कार्यक्रम सँचालन नारायण ढकालले गरेका थिए ।