धनगढी पोष्ट
बुधबार, २८ साउन २०७७ मा प्रकाशित
धनगढी
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना परेर १२ जना गम्भीर घाइते भएका छन भने १७ जना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गम्भिर घाइते हुनेमा अछाम मंगलसेन नगरपालिका ७ बस्ने अन्दाजी २२ बर्षकी सीता जनाला,सोही नपा वडा नम्बर ७ बस्ने २२ बर्षका दिपा जनाला, ४४ बर्षकी गौरी ढुंगाना, ३० का दिपक शाही, ४५ बर्षकी कल्धुरी विक रहेका छन्। त्यस्तै मंगलसेन नगरपालिका २८ बर्षका गणेश कुमार जैगडी, ३२ की पार्वती नटेला, ३५ का धिरेन्द्र नेपाली, रहेका छन् ।
त्यस्तै मंगलसेन नगरपालिका ७ की कल्धरी जनाला, साँफे नगरपालिका ७ का १० महिनका बालक विनय भण्डारी, बान्नीगढी ३ का २८ बर्षका रेमन्त साउद रहेका छन्। प्रहरीका अनुसार गम्भिर १२ जना मध्ये अछाम साँफे नगरपालिका ७ का १० महिने बालक विनय भण्डारी र मंगलसेन नगरपालिका ७ की ४५ बर्षकी कल्धरी जनालाको अवस्था एकदमै गम्भिर रहेको छ। एक जनाको नाम नखुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ बर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ बर्षकी लछ्मा विक रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका इन्सपेक्टर मोहन बहादुर साउदले जानकारी दिए ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना आज विहान दुर्घटना परेको हो । बसमा सवार ३२ जना रहेका थिए ।