धनगढी पोष्ट
आइतबार, २२ चैत २०८२ मा प्रकाशित
धनगढी । सुदुरपश्चिमपश्चिममा बैकिङ क्षेत्रको अभाव पुरा गर्न स्थापना गरिएको सीमित बैंकिङ कारोवारको अनुमति पाउने नेपालकै पहिलो सहकारी नवजीवन सरकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश कोइरालको आइतवार (आज) बुटवलमा निधन भएको छ । संस्थापक अध्यक्ष कोइरालाको ९२ बर्षको उमेरमा निधन भएको हो ।
कोइरालाको अध्यक्षतामा २०५० सालको बैशाखमा नवजीवन सहकारीको दर्ता भएको र २०५० मंसिर ३० गते नवजीवन सहकारीले कारोवार शुरु गरेको हो ।
देशको मुलधाबाट टाढा रहेको र बैंकहरुको सुविधा नरहेको धनगढीम शुरुमा आपसमा अप्ठेरो पर्दा काम चलाउन १४ जनाको सामुदायिक कोष स्थापना गरिएको र पछि त्यसै कोषमा सदस्य थपेर ६४ जना संस्थापक बनाएर कोइरालाको नेतृत्वमा नवजीवन सहकारीको स्थापना गरिएको नवजीवनका संस्थापक सदस्य खेमराज पाण्डे बताउँछन् ।
संस्थापक अध्यक्ष कोइरालाकै दुरर्शिता र पारदिर्शताका कारण नवजीवन सहकारी आजको अवस्थामा आइपुगेको बताउँदै नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बम संस्थापक अध्यक्ष कोइरालाकै दुरगामी सोचले सुदुरपश्चिमले देशकै अग्रणी नवजीवन सहकारी पाउन सकेको बताउँछन् ।
कोइरालाकै सोचले स्थापना भएका नवजीवन हाल देशकै अग्रणी सहकारी मात्र बनेको छैन, कृषि उत्पादनका क्षेत्रमा अघि बढिरहेको छ । शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवाहरु प्रदान गर्न सक्षम रहेको छ ।