किसान सहकारीद्धारा मृतक शेयर सदस्यका परिवारलाई ३ लाख ४६ हजार प्रदान

किसान सहकारीद्धारा मृतक शेयर सदस्यका परिवारलाई ३ लाख ४६ हजार प्रदान

डोटी ।  किसान बहुृउदेश्यीय सहकारी संस्थाले केही दिन अधि निधन भएका आप्mना शेयर सदस्य दुर्गादेवी कामीको परिवारलाई ३ लाख ४६ हजार रुपैया प्रदान गरेको छ ।

डोटी जिल्लाको जोरायल गाउपालिका २ पतडामा आयोजित श्रद्धान्जली सभामा सहकारीले   शेयर सदस्य बि.क.का  श्रीमान  राजन बि.क.लाई उक्त रकम प्रदान गरेको हो । किसान सहकारीले संस्थाको सदस्य सुरक्षण कोष मार्फत उक्त रकम प्रदान गरेको हो ।

किसान सहकारीकी शेयर सदस्य दुर्गाको यही पुस २० गते निधन भएको थियो ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाका निति तथा अनुपालन विभाग प्रमुख  दिपकराज ढुङ्गानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका तालिम बिभाग प्रमुख नारायण चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्थानीय बासिन्दा उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सहजपुर शाखा प्रमुख दिनेश राज न्यौपानेले गरेका थिए ।