धनगढी पोष्ट
बुधबार, २८ साउन २०७७ मा प्रकाशित
धनगढी
प्रहरी हिरासतमा रहेका फुलवारीका एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय फुलवारीको हिरासतमा रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फुलबारी(सी) गाउँका अमरबहादुर चन्दको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले ईलाका प्रहरी कार्यालय फुलवारीको हिरासतमा रहेका चन्द शौचालयमा घाईते अवस्थामा भेटिएको र उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको बताए । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।
मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे प्रहरी चौकी फुलबारीले उनलार्ई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय फुलबारीको थुनुवा कक्षमा राखेको बताइएको छ । चन्दको शव भने पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।