साहित्यकार पाण्डेयको कथासंग्रह किनारको गृहबिमोचन

साहित्यकार पाण्डेयको कथासंग्रह किनारको गृहबिमोचन

धनगढी । साहित्यकार पुष्पराज पाण्डेयद्धारा लिखित किनार कथाा संग्रहको शनिबार धनगढीमा गृह बिमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा साहित्यकार नरेन्द्रराज भट्टले किनारमा नारीवाद चिन्तन रहेको उल्लेख गर्दै  महिलाहरुका भोगाईलाई सरल भाषामा उजागर गरेको बताए । कथा संग्रहमा आन्चलिकता पनि रहेको भट्टले बताए ।

कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले महिला केन्द्रित  कथा संग्रह भएको बताउँदै यसले महिलाहरुले नेपाली समाजमा भोगिरहेका कथा व्यवस्था समेटिएको बताए  ।

कैलाली बहुमुखी क्याम्पसका सहप्रधाध्याप शिवराज जोशीले किनारले समाजमा रहेका महिलाहरुको भोगाइको कथा भएको बताए ।

कथाकार पाण्डेयले समाजमा रहेका वास्तविकतालाई कथाका रुपमा उतारेको बताए ।

सुदुरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका अध्यक्ष नृप बहादुर ओडले मन्तव्य व्यक्त गरेका थिए भने ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख नरेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन प्रेम विवस चन्दले गरेका थिए ।

ऐश्वर्य बहुमुखी क्याम्पसका सहप्राध्यापक पाण्डेको किनार कथा संग्रह सिखा बुक्सले प्रकाशन गरेको हो ।

ऐश्वर्य बुहुमुखी क्याम्पस र ऐश्वर्य बिद्या निकेतनको सहकार्यमा सुदुरपश्चिम साहित्य समाजले उक्त कार्यक्रमकोअ आयोजना गरेको हो ।