धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

राष्ट्रिय सहकारी बैंकको संचालक सदस्यमा मनमोहन बिष्ट निर्वाचित

संचालक सदस्य (सुदुरपश्चिम) मा उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएपछि बिष्ट निर्विरोध भएका हुन् । तर औपचारिक  घोषणा हुन बाँकी छ ।

राष्ट्रिय सहकारी बैंकको संचालक सदस्यमा मनमोहन बिष्ट निर्वाचित
मन मोहन बिष्ट

धनगढी । राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक सदस्य (सुदुरपश्चिम प्रदेश) मा मन मोहन बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।  बिष्ट निर्वाचित भएको औपचारिक घोषणा हुन बाकी छ । 

संचालक सदस्य (सुदुरपश्चिम) मा उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएपछि बिष्ट निर्विरोध निर्वाचत भएका हुन् ।  संचालकमा उम्मेदवारी दर्ता गरेका कैलालीको लम्कीका सुरेन्द्र बडुवाल र अछामका अमरनाथ न्यौपानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बिष्ट संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीका अध्यक्ष हुन् । 

राष्ट्रिय सहकारी बैंकको २२ औं साधारण सभाकै क्रममा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया जारी छ । गत बैशाख २८ गते उम्मेदावरी दर्ता भएको थियो भने जेठ ९ गते निर्वाचन हुनेछ ।