धनगढी पोष्ट
आइतबार, १० जेठ २०८३ मा प्रकाशित
धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपाल पाठक निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्दी केशव मिश्रलाई २८६ मतले पछि पार्दै पाठक अध्यक्षमा बिजयी भएका हुन् ।
पाठकले ४६२९ मत पाएका छन् भने निकटतम प्रतिद्धन्दी मिश्रले ४३४३ मत पाएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी घनबहादुर शाहले ३५३३ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पाठककै समुहका उत्तम जोशी निर्वाचित भएका छन् । जोशीले ४१५२ मत पाएका छन् । जोशीका निकटतम प्रतिद्धन्दी इश्वर प्रसाद जोशीले ३८०८ मत पाएका छन् ।