धनगढी । संगम बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीलाई सम्मान गरेको छ । सदस्यसँग भेटघाट गर्न आइतबार धनगढी आइपुगेका अध्यक्ष उप्रेतीलाई संगम सहकारीले कार्यायमै सम्मानित गरेको हो ।
संगम बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष रघुबीर भट्टले अध्यक्ष उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यवाहक अध्यक्ष भट्टले राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक मनमोहन बिष्टलाईल समेत सम्मानित गरेका हुन् ।
एक महिना अघि सहकारी बैंकको अधिवेशनबाट उप्रेती सहकारी बैंकको अध्यक्षमा र बिष्ट संचालकमा निर्वाचित भएका हुन् ।
अध्यक्ष उप्रेती सदस्य भेटौँ, सदस्य सुनौँ। कार्यक्रम लिएर सुदुरपश्चिमको भ्रमणमा आएका हुन् । सुदुरपश्चिम भ्रमणको क्रममा अध्यक्ष उप्रतीले बैंकका सदस्य संस्था अर्थात् प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूसँगको भेटघाट गरे सल्लाह लिने सहकारी बैंकका संचालक मनमोहन बिष्टले बताए ।
सो अवसरमा अध्यक्ष उप्रेतीले केही समययता सहकारी बैंक्ले नाफा दिन नसकिरहेको अवस्थामा सदस्य संस्थाहरुको स्वभाविक रुपमा जिज्ञासा रहेको उल्लेख गदैै सदस्य संस्थाहरुसँ भेट्ने, कुराहरु सुन्ने उदेश्यले सदस्य भेटौँ, सदस्य सुनौं कार्यक्र सहित सुदुरपश्चिममा आएको बताए ।
कार्यक्रम अन्तर्गत कैलाली र कन्चनपुरमा सदस्य सहकारीका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिनेछन् ।