धनगढी पोष्ट शुक्रबार, ०१ साउन २०८३   July 17, 2026

प्रोजेक्ट साम्यद्वारा महिला सीप विकासमार्फत परिवर्तनको प्रेरणा

समानतातर्फका पाइला भन्ने नारासहित सञ्चालन भइरहेको यस परियोजनाको नेतृत्व आर्यका बिष्टले गरिरहेकी छन्। टोलीमा  निस्प्रिया नेउपाने, अंशु राई, पियुष जोशी र परमायु भट्ट रहेका छन्, जो बुढानीलकण्ठ विद्यालय तथा यूडब्ल्यूसी  कोस्टारिकाका विद्यार्थी हुन् ।

प्रोजेक्ट साम्यद्वारा महिला सीप विकासमार्फत परिवर्तनको प्रेरणा

विद्यार्थीद्वारा सञ्चालित प्रोजेक्ट साम्यले महिला सशक्तीकरण, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनमार्फत सुदूरपश्चिममा सकारात्मक परिवर्तनको अभियान अघि बढाइरहेको छ।

समानतातर्फका पाइला भन्ने नारासहित सञ्चालन भइरहेको यस परियोजनाको नेतृत्व आर्यका बिष्टले गरिरहेकी छन्। टोलीमा  निस्प्रिया नेउपाने, अंशु राई, पियुष जोशी र परमायु भट्ट रहेका छन्, जो बुढानीलकण्ठ विद्यालय तथा यूडब्ल्यूसी  कोस्टारिकाका विद्यार्थी हुन् । उनीहरू समुदायको आवश्यकता पहिचान गर्दै दिगो र व्यावहारिक समाधानमार्फत महिला सशक्तीकरणमा लागिपरेका छन्

हालै प्रोजेक्ट सम्यले बुढीटोलामा चारदिने अचार बनाउने तालिम तथा गेटा, श्रीलंकामा तीनदिने उद्यमशीलता तालिम सञ्चालन गरी स्थानीय महिलाहरूलाई अचार उत्पादन, व्यवसाय व्यवस्थापन तथा आयआर्जन सम्बन्धी व्यावहारिक सीप प्रदान गरेको थियो ।

धनगढी उपमहानगरपालिका–१३, गोदावरी नगरपालिका–४, घरेलु तथा साना उद्योग कार्यालय, रोटरी क्लब अफ धनगढी, रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ डार्लिङ हार्बर तथा स्थानीय सहकारीहरूको सहयोगमा प्रोजेक्ट साम्यले हरियाली कृषक समूह र ब्रीडर बाख्रा पालन समूहलाई करिब रु। २ लाख बराबरका सिलाइ मेसिनहरू, सामग्रीहरू, अचार बनाउने भाँडाकुँडा तथा प्याकिङ मेसिनहरू हस्तान्तरण गरेको छ ।

उक्त सामग्री वडा नं। १३ का अध्यक्ष श्री विजयराज जोशी, रोटरी क्लब अफ धनगढीका अध्यक्ष श्री भुवन भट्ट तथा प्रोजेक्ट साम्यका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। सामग्री हरियाली कृषक समूहका अध्यक्ष श्री खेमलाल चौधरी र ब्रीडर बाख्रा पालन समूहका अध्यक्ष श्री लक्ष्मण कडायतले ग्रहण गरेका थिए।

यस सहयोगले स्थानीय महिलाहरूलाई सामुदायिक टेलरिङ विद्यालय सञ्चालन, अचार उत्पादन विस्तार तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

युवा नेतृत्व, साझेदारी र समुदायको सक्रिय सहभागितामार्फत प्रोजेक्ट सम्याले महिला सशक्तीकरण, आत्मनिर्भरता र समावेशी समाज निर्माणतर्फ प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेको छ।