धनगढी पोष्ट
बिहिबार, ०७ साउन २०८३ मा प्रकाशित
धनगढी । आगामी भदौमा धनगढीमा सुदुरपश्चिम गाइजात्रा २०८३ हुने भएको छ । बैजनाथ सञ्चार प्रा. लि.ले गाइजात्राको दोश्रो सिजन भदौ १७ मा गर्न लागेको हो ।
हास्व्यंग्य बिधाको बिकास र कलाकारितामा व्यावसायिकता प्रदान गर्न गाइजात्रा कार्यक्रम गर्न लागेको आयोजक बैजनाथ सञ्चार प्रा. लि.की प्रवन्ध निर्देशक एवम गाइजात्रा कार्यक्रमकी संयोजक सरस्वती खड्का भट्टले बताइन् । ‘सुदुरपश्चिममा देउडा, म्युजिक भिडियो बनेका छन्, केही टेलिफिल्म पनि बनेका छन् । तर चलचत्रिकर्र्मीको रुपमा बिकास कम भएको छ ।’ गाइजात्रा संयोजक खड्का भट्टले भनिन् ‘हास्यब्यंग्य बिधामा अझै पनि धेरै काम हुन बाकी छ । त्यसैले स्टेज कार्यक्रम सहितका नयाँपनका कार्यक्रम गर्दा केही राम्रो हुन्छ भन्ने बिचारले गाइजात्रे कार्यक्रम गर्न लागेका छौं ।’
गाइजात्रा पहिलो सिजनको अनुभवका आधारमा दोश्रो सिजनलाई अझै परिमार्जित रुपमा आयोजना गर्न लागिएको संयोजक खड्का भट्टले बताइन् । ‘यसअघि चार पाँच फिल्ममा खेले पनि आप्mनो लगानीमा केही काम गरेको थिएँन । साथीहरुले गरौं न त भनेपछि सामान्य रुपमा गरेका थियौं ।’ संयोजक खड्का भट्टले ‘त्यसबाट सिकाइ के भयो भने हामी पनि गर्न सक्छौं, व्यसायिक पनि बनाउन सक्छौं । पहिलो पटकको सिकाईबाट नै दोश्रो सिजन गरिरहेका छौं ।’
धनगढीमा खड्का भट्टकै पहलमा २०८१ भदौ १६ मा पनि गाइजात्रा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सुदुरपश्चिमका कलाकारहरुको मात्र सहभागिता रहेको थियो । तर यसपटक सुदुरपश्चिमका र केही काठमाण्डौका कलाकारहरुको समेत सहभागितामा गाइजात्रा कार्यक्रमा संचालन गरिनेछ । संयोजक खड्का भट्टले भनिन् ‘यस कार्यक्रमको प्रमुख उदेश्य स्थानीय कलाकारिताको बिकास हो । यति भन्दाभन्दै पनि काठमाण्डौंका केही सिनियर कलालारहरलाई आमन्त्रण गरेर स्थानीय र राष्टिय कलाकारको समिश्रण पनि कार्यक्रममा गर्छौ ।’
काठमाण्डौबाट आउने कलाकारको टुंगो लागिसकेको छैन ।
कलाका अरु बिधामा इमोशनल, हास्ने रुने सबै काम हुने भए पनि गाइजात्रामा समुदायको वरिपरिको राम्रा र नराम्रा कुराको चित्रण हास्यब्यंग्यका आधारमा हुने उल्लेख गर्दै संयोजक खड्का भट्टले भनिन् ‘गाइजात्राको हेर्दा मानिसलाई चोट पनि लाग्नु भएन र उनीहरुलाई कमीकमजोरी थाहाक पाएर सिकाइको रुपमा लिन सजिलो हुन्छ ।’
‘बिगतमा सडकमा हास्यव्यंग्य गर्दा आमजनताले मात्र देख्थे, तर यसरी गर्दा निती निर्माण र जनतालाई सेवा प्रवाह गर्ने प्रमुख भुमिकामा रहेको व्यक्तिहरुको पनि सहभागिता हुन्छ ।’ संयोजक खड्का भट्टले भनिन् ‘सरकारमा रहेका निती निर्माण गर्ने र कार्यान्वयन गर्ने व्यक्तिहरुका राम्रा र नराम्रा पक्ष हास्यव्यंग्यका रुपमा प्रस्तुत गर्ने काम हुन्छ ।’