धनगढी पोष्ट
शनिबार, ०९ साउन २०८३ मा प्रकाशित
धनगढी । प्रधानाध्यापक संघ कैलालीको दोस्रो जिल्ला सम्मेलन पदम राज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा निर्वाचित जोशी सरस्वती आधारभुत विद्यालय धनगढी १ शान्तिनगरका प्रधानाध्यापक र प्रधानाध्यापक संघ कैलालीका निर्वमान सचिव हुन् ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष नवदुर्गा मा वि मोहनाका प्रधानाध्यापक भोजराज शर्मा, सचिव भैरव आधारभुत विद्यालय मटियारीका प्रधानाध्याक बहादुर साउद, सहसचिव राष्ट्रिय आधारभुत विद्यलय तारानगरका प्रधानाध्याक मान बहादुर साउद साउद र कोषाध्यक्षमा राष्ट्रिय मदरसाका प्रधानाध्यापक मानमती चौधरी रहेका छन् ।
कार्यसमितिको सदस्य सरस्वती मा वि मनिहराकी प्रधानाध्यापक चन्द्रकला दवाडी, सर्वोदय मा वि फुलवारीका प्रधानाध्यापक धर्माननन्द अवस्थी निर्वाचित भएका छन् ।
जिल्ला सम्मेलनमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव लोकेन्द्र प्रशाद भट्ट, प्रधानाध्यापक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण दत्त भट्ट, शारदा माध्यमिक विद्यालय वैयावेहडीका प्रधानाध्यापक तेज बहादुर सिंह, संस्थागत विद्यालयको तर्फबाट डिस्कभरि बोर्डिङ स्कुलका प्रधानाध्यापक योगेन्द्र बहादुर सिंह, सरस्वति मावि मनेहराका प्रधानाध्यापक चन्द्रकला दवाडीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रधानाध्यापक संघ कैलालीका अध्यक्ष तर्कराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कैलालीका ४९ विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।