सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 सुदूरपश्चिम प्रदेशमा बिहीबार १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ८ र डडेलधुरा  अस्पतालमा गरिएको परिक्षणमा २ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर१ का ३, साँफेबगर नगरपालिका अछामका २ तथा लम्की चुहा नगरपालिका, भिमदत्त नगरपालिका कञ्चनपुर र शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका १/१ जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 डडेलधुरा अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६९ पुगेको छ ।