सिन्धुपाल्चोकको लिदी पहिरो अपडेट

११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

काठमाडौं

    शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीमा गएको पहिरोमा पुरिएका मध्ये ११ जनाको शव भेटिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार अझै २७ जना बेपत्ता रहेका छन् ।

    प्रहरीका अनुसार फेला परेका शवको सनाखत हुन सकेको छैन । शव नचिनिने अवस्थामा रहेका कारण सनाखत हुन गाह्रो भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिए । एसपी काफ्लेले भने–‘शव चिन्न सकिने अवस्थामा छैनन् । स्थानीयको सहयोगले शवको पहिचान गर्ने काम भइरहेको छ । बेपत्ताको पनि खोजि भइरहेको छ ।

   शुक्रबार बिहान ६ बजे तिर उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् ।