धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026
सिन्धुपाल्चोकको लिदी पहिरो अपडेट

११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

काठमाडौं

    शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका मध्ये ११ जनाको शव भेटिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार अझै २७ जना बेपत्ता रहेका छन् ।

    प्रहरीका अनुसार फेला परेका शवको सनाखत हुन सकेको छैन । शव नचिनिने अवस्थामा रहेका कारण सनाखत हुन गाह्रो भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिए । एसपी काफ्लेले भने–‘शव चिन्न सकिने अवस्थामा छैनन् । स्थानीयको सहयोगले शवको पहिचान गर्ने काम भइरहेको छ । बेपत्ताको पनि खोजि भइरहेको छ ।’

   शुक्रबार बिहान ६ बजे तिर उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् ।


ट्रेन्डिङ