धनगढी पोष्ट
शनिबार, ३१ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती अस्पताल धनगढीको प्रयोगशालामा १३ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी शनिबार १५ जनामा संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालमा गरिएको ६ सय २९ स्वाव मध्य १३ जनामा संक्रमण पुष्टी भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार संक्रमण पुष्टी हुनेमा कैलालीको गोदावरी नगरपालिकाका १ महिला र १ पुरुष, घोडाघोडी नगरपालिकाका ३ महिला, धनगढी उप–महानगरपालिकाका ३ पुरुष र १ महिला, कञ्चनपुरको वेलडाँडीका २ महिला र २ पुरुष रहेका छन् ।
यसै गरी श्निबार डडेल्धुरा अस्पतलमा गरिएको दुई सय २६ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पताले जनाएको छ ।
संक्रमण पुष्टी हुनेमा जयपृथ्वी नगरपालिका–५ बझाङका १८ बर्षे पुरुष र अमरगढी नगरपालिका–६ डडेल्धुराका २३ बर्षिया महिला रहेका अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संखया ४ हजार ८ सय ३४ पुगेको छ ।