धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा २७ जना संक्रमित थपिए

धनगढी

    सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, ह्याम्पस अस्पताल काठमाडौँ र शिक्षण अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १३ सहित २४ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालले जारी गरेको प्रेश बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ६३ जनाको कोरोना परीक्षण गरिएको र त्यसमा कैलालीका १३ र कञ्चनपुरका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

  कैलालीको टीकापुर नगरपालिकाका चार पुरुष र दुई महिला गरी ६ जना धनगढी उपमहानगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जना, भजनी नगरपालिकाका दुई पुरुष, गोदावरी नगरपालिकाका एक पुरुष र एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख  छ । यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकाका ६ महिला र तनि पुरुष गरी नौ जना र पुर्नवास नगरपालिका एक महिला र एक पुरुष गरी दुईजनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

  काठमाडौँमा भएको परीक्षणमा पनि कैलाली र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।

 यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका मध्य चार हजार दुई सय ७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।