धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीका ३ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी

कैलालीका ३ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएके छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा पाँच सय २७ जनाको स्वाव परिक्षण गरिएकोमा चार जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 उनका अनुसार संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्वर ४ का २६ बर्षे पुरुष र वडा नम्वर १९ का २२ बर्षे पुरुष, गोदावरी नगरपालिका वडा नम्वर १२ का ४० बर्षे पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका२ का ५२ बर्षे पुरुष रहेका छन् ।