धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमका ६ वटा अस्पतालमा ५९ संक्रमित

धनगढी

 सुदूरपश्चिमका बिभिन्न ६ वटा अस्पतालका आईसोलेशनमा ५९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

   सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सम्म सुदूरपश्चिममा पुष्टि भएका ४ हजार ८ सय ५६ संक्रमित मध्य ५९ जना मात्र प्रदेशका बिभिन्न अस्पतालमा रहेका छन् ।

    मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीको टीकापुर अस्पतालमा ३४ जना संक्रमित रहेका छन् । यसैगरी सेती प्रादेशीक अस्पतालमा ८ जना, महाकाली अस्पतालमा ४ जना, अछाम जिल्ला अस्पतालमा १० जना, डोटी अस्पतालमा २ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमित उपचारमा रहेका  छन् ।

  सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट सोमबार सम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार दुई सय ११ पुगेको मन्त्रालयले जनाएको छ । 

  मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६६, अछामका सात सय १२डोटीका पाँच सय ७६, कञ्चनपुरका पाँच सय ७९, बैतडीका तीन सय २१ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ । यसैगरी बाजुराबाट चार सय ३५, बझाङबाट एक सय १० र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।