धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

रुकुमका दोषिलाई कार्वाही नगरे कडा आन्दोलन गर्ने चेतावनी

रुकुमका दोषिलाई कार्वाही नगरे कडा आन्दोलन गर्ने चेतावनी

 

रुकुमका दोषिलाई कार्वाही नगरे कडा आन्दोलन गर्ने चेतावनी

हिमाल जोशी

धनगढी, १९ जेठ  

    मुक्तिका लागि साझा अभियानले रुकुम पश्चिमको चौरजहारीमा भएको विभत्स हत्याका दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गरिएको आन्दोलनमा बोल्दै आन्दोलनको नेतृत्वकर्ता एबं अभियानका संयोजक प्रेम विसीले प्रेम गरेकै भरमा हत्या गर्नु भनेको लोकतन्त्रमाथिको प्रहार रहेको बताए ।

     माया, प्रेम गर्दैमा हत्या गर्नु निन्दनीय कार्य होउनले भने– ‘दोषिलाई कानूनी कटघरामा ल्याएर कारवाही हुनुपर्छ ।उनले राज्य समेत निर्दयी भएको बताए । गाउँका सामन्ती सोच भएकाहरुबाट नै यस्तो घटना भएकाले त्यस्ता व्यक्तिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

  कोण सभामा बोल्दै नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर टेलरले रुकुमको घटनाले लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाएको बताए । उनले रुकुममा भएको घटनाका सम्वन्धमा मानवअधिकार लगायतले सहयोग गर्नुपर्ने बताए।