धनगढी पोष्ट
बुधबार, ०३ भदौ २०७७ मा प्रकाशित
धनगढी
मंगलबार राती देखिको अबिरल बर्षका कारण बझाङको बुङगल नगरपालीका वडा नं ५ मिडीमा पहिरो गएको छ ।
पहिरोमा परि चार जना घाईते र दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि गणेश बमले बताए । घरमाथिबाट आएको पहिरोले प्रताप ताम्राकारको घर बगाएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा परि पुरिएका तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् ।
पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन् । घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
१४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन् । बेपत्ता दुबै जनाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि बमले बताए । पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको बताईएको छ ।