धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

अछाममा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्यो

अछाममा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्यो

धनगढी

    मंगलबार राती देखिको अबिरल बर्षा संगै अछामको रामारोशन गाउँपालिका कैलाश खोलाले क्षति पुगाएको सैनिबजारमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ ।

  बाढीले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको   छ । रामारोशन गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।

  बाढीमा वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाही, बशन्त शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको प्रहरीले जनाएको छ ।

  सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडा स्थित सैनीबजारमा पसेको बाढीले १७ घर पसलहरु बगेको बताइएको छ । अहिलेसम्म ६ जनाको शव फेला परेको र १७ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । १७ घर मध्य ७ वटा घरका मानिस बेपत्ता भएका हुन ।

  नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि घटना स्थलमा पुगेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले  बताए । उनका अनुसार नदि आसपासका गाउँपालिकाका ४ वटा वडामा क्षती भएको छ । खासगरी मानविय क्षती वडा नंम्बर ५ को सैनिबजारमा भएको अध्यक्ष साउँदले बताए ।