धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

    पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ७ गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

  उनका अनुसार अछामको मेल्लेख गाउँपालिका  ३ जना, डोटीको सायल गाउँपालिकाका २ जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यता सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका तीन जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको गौरीगंगा नगरपालिका ४ की २५ वर्षीया महिला, गौरीगंगा ९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका ४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको उनले बताए ।