धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैतडीको दशरथचन्द नगरपालिकामा निषेधाज्ञा

धनगढी

   बैतडी सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा आजदेखि भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

  निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाले जनाएको छ । निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइने बताईएको छ ।

   यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला रहने नगरपालिकाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरुल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुल्ला राखिने नगरपालिकाको बिज्ञप्तीमा उल्लेख छ ।

 तीज, गौरा जस्ता चाडपर्वहरु आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । यस्तै नगरपालिका र ११ ओटै वडा कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने बताईएको छ ।