धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

नेपाली कांग्रेस बाजुरा कैलाली सम्पर्क समितिद्धारा वाढी पहिरो पीडितका लागि राहत संकलनको अभियान सुरु

नेपाली कांग्रेस बाजुरा कैलाली सम्पर्क समितिद्धारा वाढी पहिरो पीडितका लागि राहत संकलनको अभियान सुरु

धनगढी

     लगातार बर्षाका कारण बाजुरामा बाढी र पहिरोबाट पीडितहरुका लागि नेपाली काँग्रेस बाजुरा कैलाली सम्पर्क समितिले राहत संकलनको अभियान सुरु गरेको छ ।

   साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका  बुढीगंगा नगरपालिकाका र त्रिवेणी नगरपालिकाको नदि छेउका बासिन्दा प्रभावित भएका छन् । त्यस क्षेत्रका बासिन्दालाई बाढी पहिरो पछि  खान बस्नको समस्या भएको छ ।

  नेपाली कांग्रेस बाजुरा कैलाली सम्पर्क समितिले जिल्लामा समस्या परेका क्षेत्रको लागि विहिवारबाट धनगढीमा राहत संकलन सुरु गरेको   छ । नेपाली कांग्रेस बाजुरा धनगढी सम्पर्क समितिका अध्यक्ष भिम बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस बाजुरा जिल्ला कार्य समिति सचिब रनसिंङ अयडीको संयोजकत्मा ६ सदस्यिए राहत संकलन समिति गठन गरेको छ ।

    समितिको सदस्यमा राधिका सिंह ,ईशु थापा , राजेन्द्र खत्री, प्रेम नाथ ,अशोक थापा, बजिरसिंह धामी रहेका छन् ।  धनगढीमा आयोजित भेलामा नेपाली काँग्रेस बाजुराका नेता एबं पूर्व मन्त्री जनकराज गिरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चक्र शाह , नेपाली काँग्रेस बाजुराका  पार्टी उपसभापति तथा  महाधिवेशन प्रतिनिधि पूर्ण बहादुर सिंह लगायत काँग्रेसमा आस्थावान धनगढीमा रहेका बाजुरा स्थायी घर रहेका ब्यापारी बुद्धिजिवीको उपस्थिती रहेको थियो ।

   राहत संकलन पछि पीडितका घर घरमा गएर राहत साम्रगी दिईने संयोजक रनसिङ अयडीले वताए । आज शुरुवातको दिन मात्र ७२ हजार एक सय पन्ध्र रुपैयाँ राहात संकलन गरीएको  संयोजक अयडीले जानकारी दिए । 

 भेलामा सहभागि नेपाली काँग्रेस बाजुराका नेता एबं महाधिवेशन प्रतिनिधि चक्र शाहले यस पटकको बाढी र पहिरोले बाजुरामा ठुलो क्षति भएको बताए । उनले भने–‘बाढी पहिरोले मानविय संगै ठुलो भौतिक क्षति भएको छ, यसमा थोरै भएपनि राहत स्वरुप हामीले अभियान शुरु गरेका छौं । यस संगै बाढी पहिरोले लामो समयदेखि बाजुरा सदरमुकाम जोडने सडक अबरुद्ध भएको  र त्यसलाई सुचारु गर्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने नेता शाहले  बताए । नेता शाहले राहत संकलन अभियानमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।