धनगढी पोष्ट
बिहिबार, ०४ भदौ २०७७ मा प्रकाशित
धनगढी
बाढी पहिरो तथा डुबानमा ज्यान गुमाएका प्रति व्यक्तिका परिवारलाई सुदुरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत दिने भएको छ । ‘अछाम, बझाङ, दार्चुला लगायतका बाढी पहिरो तथा डुबान जस्ता बिपदका घटनामा मृत्यु भएका व्यक्तिका नजीकका हकवालाई रु एक लाखका दरले प्रदेशका तर्फबाट सम्बनिधत जिल्ला प्रशसान कार्यालयले राहत प्रदान गर्नेछ’ आन्तरिक मामिता तथा कानुन मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश बिपद ब्यवस्थापन कोषमा एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय समेत गरेको छ । उक्त रकमले बिपदका घटनामा जनधनको क्षति ब्यहोरेका परिवारहरुलाई तत्काल नगद राहत, जिन्सी, सामाग्री एवम बसोबासको ब्यवस्थापन कार्यका लागि उपलव्ध गराइनेछ ।
प्रदेशका बिभिनन ठाउँमा अवरुद्ध सडक, सिचाई, खानेपानी, कुलो लगायतका संरचना सुचारु गर्न भौतिक पुर्वाधार बिकास मनत्रालयले पहल गर्ने र औषधी एवम चिकित्सकीय व्यवस्था सामाजिक बिकास मन्त्रालयले गर्ने बिज्ञप्तिमा जनाइएको छ ।