धनगढी पोष्ट बुधबार, ०३ बैशाख २०८२   April 16, 2025

एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन दर्ता

एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन दर्ता

काठमाडौं

  कन्चनपुरकी निर्मला पन्तको बलात्कार हत्याको घटनामा लापरवाही गरेको भन्दै सेवाबाट निलम्बन गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन  प्रहरी  उपरीक्षक दिल्लीराज विष्ट प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्

  अदालतले  आफुहरुलाई सफाइ दिइसकेकोले पुनर्वहाली हुनुपर्ने भन्दै  उनीहरुले पदमा पुनर्वहालीका लागि निवेदन दिएका हुन् २०७७  साउन १५  मा कञ्चनपुर जिल्ला अदालतले प्रहरी उपरिक्षक बिष्ट प्रहरी निरीक्षक भट्टलाई सफाई दिएको थियो

  गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा विष्टलाई  २०७५ भदौ १०  मा भट्टलाई भदौ ३१ भदौमा निलम्बन गरिएको थियो निर्मला पन्तको बलात्कार हत्याको घटनामा अन्य जना प्रहरी पनि निलम्बनमा परेका छन्

   गृह मन्त्रालयले सेवाबाट वर्खास्त गरेकाले एसपी विष्ट इन्सपेक्टर भट्टले माथिल्लो निकाय मन्त्रिपरिषदमा निवेदन पेश गरेका हुन् निलम्बनमा परेका अन्य जनाका विषयमा भने गृह मन्त्रालयले नै निर्णय गर्न सक्नेछ यसका लागि उनीहरुले पनि निवेदन दिनुपर्ने हुन्छ तर, उनीहरुले अहिलेसम्म निवेदन दिइसकेका छैनन्