धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

बन मुद्धामा  जरिवाना तोकिएपछि फरार रहेका तीन   जना पक्रउ

बन मुद्धामा  जरिवाना तोकिएपछि फरार रहेका तीन   जना पक्रउ

धनगढी

   चार  बर्ष अघि  बन मुद्धामा जरिवाना भएपछि फरार रहेका  तीन जनालाई  प्रहरीले  पक्राउ गरि  कैलाली जिल्ला अदालतमा पेश गरेको  छ । शुक्रवार कैलालीको गौरीगंगा नगरपालिका  वडा नम्बर ५ बाट   सोही  गाउका बर्ष ३ का हेमन्त साउँद,    बर्ष  ५३ का सन्त बहादुर खप्तडीमगर  र    बर्ष ३० का दुर्गा भाट  रहेका छन्                        

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार तिनै जना        प्रति व्यक्ति एक लाख १३ हजार  रुपैया जरिवाना तिरेर छुटेका छन्  ।