धनगढी पोष्ट
शनिबार, ०६ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदुरपश्चिममा कोरोना पक्षिणका लागि संकलन गरिएका ३ हजार ६ शय ६४ नमुना परिक्षणको नतिजा आउन अझै बाँकी रहेको छ ।
प्रदेशभरिमा अहिलेसम्म आरडीटी पीसीआर बिधिबाट कोराना परिक्षणका लागि ५३ हजार ७ शय १५ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएका नमुना मध्य शुक्रवारसम्म ५० हजार ५१ जनाको नतिजा आइसकेको छ । जसमध्य ५ हजार १ हय ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
संकलित नमुना मध्य सेती प्रयोगशालामा २६ हजार ४ शय ७९ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार ३ शय १८ नमुना पठाइएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित मध्य ४ हजार ३ शय ७४ जना निको भएर घर फर्किएका छन ।