धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निषेधाज्ञाले ठप्प कैलाली कंचनपुर

निषेधाज्ञाले ठप्प कैलाली कंचनपुर

धनगढी

    दुई दिन देखि जारी निषेधाज्ञाले कैलाली कंचनपुर ठप्प रहेको छ । साउन ७ गतेबाट खुलेको लकडाउन पछि झण्डै एक महिना चहल पहल बढेको यी दुई जिल्लामा पुन भदौ ४ गते राती देखिको निषेधाज्ञाले सुनसा नबनेको छ ।

  पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका चार वटा जिल्ला कैलाली, कंचनपुर, बैतडी र डडेल्धुरामा भदौ ४ गते राति देखि निषेधाज्ञा जारी गरिएको  हो ।

  खासगरी कैलाली र कंचनपुरमा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ भने बैतडी र डडेल्धुरामा जिल्ला सदरमुकाम रहेका स्थानीय तह र आसपासमा मात्र निषेधाज्ञा जारी गरिएको हो ।  भदौ १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलाली कंचनपुरमा यो समयमा तीज र गौराको रौनक अत्याधिक हुने गर्दथ्यो । 

  ‘अहिले सुदूरपश्चिममा तीज र गौरा पर्बको चहल पहल बढेपछि मानिसको आवत जावत बढ्यो धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले भने–‘संक्रमित पनि थपिदै गएका छन्, अझ त्यसमा चाडपर्वले मानिसको चाप बढेपछि निषेधाज्ञा जारी गर्नु प¥र्यो । उनले अपिल गरेर भिडभाड नियन्त्रण गर्ने अबस्था  नदेखिएपछि बाध्य भएर निषेधाज्ञाका जारी गर्नु परेको बताए ।

  धनगढी उपमहानगरपालिकामा शुक्रबार मात्र ३० जना संक्रमित थपिएका छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायका अनुसार  धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १ सय ३२ जना निको भैसकेका छन  भने एक्टिभ संक्रमित  १५ महिला र २१ पुरुष गरि ३६  जना रहेका छन । 

  खासगरी गौरापर्बका अवसरमा कंचनपुर, डडेल्धुरा र बैतडीमा बढी भिडभाड हुने भएकाले पनि निषेधाज्ञा जारी गर्नु परेको त्यस क्षेत्रका जनप्रतिनिधीहरु बताउँछन ।

  भारतबाट नेपालीहरु प्रवेश गर्ने क्रमसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । शुक्रबार सम्म सुदूरपश्चिम प्रदेशमा पाँच हजार एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको   छ । पाँच हजार मध्ये चार हजार तीन सय ७४ जना निको भएर घर फर्किसकेका छन भने सात सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन ।