धनगढी पोष्ट
शनिबार, ०६ भदौ २०७७ मा प्रकाशित
काठमाडौँ
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तर नेता नेपाल सहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो ।
गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो । दोस्रो पटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ ।