धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
बाजुरामा १८ जना नयाँ संक्रमित

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टी

नयाँ थपिएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । बाजुरमा ४ दिनको नवजात शिशुमा कोरोना संक्रमण पुष्टी भएको छ

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टी

धनगढी,

     सुदूरपश्चिममा २४ घण्टामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । नयाँ  थपिएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

   सेती प्रादेशिक अस्पतालको तथ्याङ्क अनुसार कैलालीको गौरिगंगा नगरपालिकामा ६, धनगढी उपमहानगरपालिकामा १, बाजुराको त्रिवेणी नगरपालिकामा १, बुढीगंगा नगरपालिकामा १७, बझाङको थलारा गाउँपालिकामा १ र बझाङकै वित्थडचिर गाउँपालिकामा १ गरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

     सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गौरिगंगा नगरपालिकाका ३२, २०, २९, २४, २३ र २४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाका ३० बर्षे पुरुष, बाजुराको त्रिवेणी नगरपालिकाका ५० बर्षे पुरुषमा पनि  कोरोना संक्रमण पुष्टी भएको छ ।

    यसैगरी बाजुराकै बुढीगंगा नगरपालिकाका २१, , २६, १८, ४५, ३६, ४० र २२ बर्षका महिला तथा ५२, ५१, २५, ४२, १४, ४ दिने नवजात शिशु, ३०, ५० र २५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए । बझाङको थलारा गाउँपालिकाका ३४ र बित्थडचिर गाउँपालिकाका ३० बर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए । संक्रमण हुनेमा ८ जना महिला र १९ जना पुरुष रहेका छन् ।

 ४ दिनेको नवजात शिशुमा कोरोना पुष्टी

        बाजुरमा ४ दिनको नवजात शिशुमा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बाजुरको बुढीगंगा नगरपालिकाका ४ दिने नवजात शिशुमा कोरोना पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।