धनगढी पोष्ट
सोमबार, ०८ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा आईतबार सम्म संकलित थ्रोट स्वाव मध्य अझै तीन हजार २ सय ७२ स्वावको परिक्षण वाँकी रहेको छ ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म संकलित ५५ हजार ४ सय ८४ थ्रोट स्वाव मध्य ५२ हजार २ सय १३ स्वावको परिक्षण भएको छ । परिक्षण भएको स्वाव मध्य ५ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य १ हजार ३ सय २६ महिला र ३ हजार ८ सय ९८ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आईतबार सम्म प्रदेश भरी ४ हजार ३ सय ७७ जना संक्रमित डिष्चार्ज भएका छन् । हाल प्रदेशका बिभिन्न अस्पतालका आईसोलेशनमा ६९ जना संक्रमित उपचाररत रहेका र वाँकी संक्रमित स्थानीय स्तरमा निर्माण गरिएका आईसोलेसन र होम आईसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।
यसैगरी सुदूरपश्चिमका बिभिन्न जिल्लामा ३ हजार ३ सय २८ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।