धनगढी पोष्ट
सोमबार, ०८ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा सवारी चलाउँदै आएका चालकमा कोरोना संक्रमण पुष्टी भएपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आंसिंक बन्द हुने भएको छ ।
चलकमा कोरोना देखिएपछि मुख्यमन्त्री, मुख्यमन्त्रीका स्वकिय सचिव लगायत सम्पर्कमा आएका व्यक्ति होम क्वारेण्टाइनमा बसेका र विषेश कामबाहेक कर्मचारीकालाई पनि कार्यालय नजान निर्देश गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव राम कृष्ण सुवेदीले बताए ।
‘चलकमा कोरोना देखिएपछि मुख्यमन्त्री ज्यू आइतबार देखी नै होम क्वारेण्टाइनमा बस्नुभएको छ’ मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले भने–‘कर्मचारीलाई पनि विषेश काम बाहेक कार्यालय नआउन भनिएको छ, स्वाव परिक्षणको नतिजा आएपछि मात्रै कार्यालय खुल्ने छ ।’
आइतबार कोरोना संक्रमण पुष्टी भएका चालक शुक्रबार मात्रै मुख्मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गएर भान्छामा पसेका थिए । यसका साथै सुरक्षा कर्मी संग पनि घुलमिल गरेका संक्रमित सवारी चालकले मुख्यमन्त्रीका स्वकिय सचिव ओलीलाई समेत शुक्रबार गाडीमा ओसारेका थिए ।