धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

स्वकीय सचिवलाई ओसार्दै आएका थिए संक्रमित चालक

स्वकीय सचिवलाई ओसार्दै आएका थिए संक्रमित चालक

धनगढी

 आइतबार कोरोना संक्रमण पुष्टी भएका मुख्यमन्त्री निवासका सवारी चालकले मुख्यमन्त्रीका स्वकीय सचिवलाई ओसार्दै आएको पाइएको छ ।

 केही महिना अघि मात्रै निवासमा सवारी चालकको नियुक्ति पाएका ती चालकले मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीलाई निवास बाट कार्यालय सम्म पुर्याउने र कार्यालयबाट निवासमा पुर्याउने काम गर्दै आएका श्रोतले जनाएको छ । यसका अलावा मुख्यमन्त्रीका स्वकिय सचिवले बाहिर जानु परेमा पनि संक्रमित सवारी चालकलेनै ओसार्ने गरेको पाइएको छ ।

 चालकमा कोरोना संक्रमण पुष्टी भएपछि मुख्यमन्त्रीका स्वकीय सचिव पनि आइतबार देखी नै होम क्वारेण्टाइनमा बसेका छन् । स्वकीय सचिव ओलीले चालकमा कोरोना संक्रमण देखिएपछि आफु पनि होम क्वारेण्टाइनमा बसेको बताए ।

 ‘महिले म होम क्वारेण्टाइनमै बसेको छ धनगढी पोष्ट न्यूज संको कुराकानीमा स्वकीय सचिव ओलीले भने–‘दुई/तीन दिन पछि स्वाव परिक्षण गरेर नतिजा आएपछि मात्रै सार्वजनिक काममा जाने छु ।

 मुख्यमन्त्रीको सवारी चलाउने चालकमा भने कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको छ । स्वकिए सचिवको सवारी चालक र मुख्यमन्त्रीका सवारी चालकको कोरोना परिक्षणको नतिजा आइतबार एक पटक आएको थियो ।