धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । सोमबार राति परेको चट्ट्याङ लागेर घाइते भएका तीन जना युवक मध्ये एक जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर घाईते भएका बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी २३ वर्षीय लोकेन्द्र चन्दको उपचारका क्रममा मृत्यु भएको छ । चट्ट्याङ लागेर घाइते भएका सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको धनगढी मै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।
बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी स्थित घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसी मोबाइल चलाइरहेको वेला सोमबार बेलुका चट्ट्याङ लागेर तीन जना घाईते भएका थिए ।