धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डोटी प्रयोगशालामा ५९ जनाको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि

धनगढी

   डोटी अस्पतालमा गरिएको परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मंगलबार जिल्ला अस्पतालले जारी गरेको विज्ञप्ती पछिल्लो पटक परीक्षण गरिएका ५९ जनामा ४५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

 बिज्ञप्तीमा संक्रमित सबै डोटी जिल्लाकै रहेको उल्लेख छ ।  शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 आज नै डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको थियो ।