धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १५ सहित सुदूरपश्चिमका थप ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ५ सय ७१ जनाको स्वाव परिक्षण गरिएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार मंगलबार सेतीमा पुष्टि भएकामा धनगढी उपमहानगरका पनि ७ जना थपिएका छन् ,
बिज्ञप्ती अनुसार धनगढी उपमहानगर वडा नंम्बर १ का ३ महिला र १ पुरुष गरि ४ जना, वडा नंम्बर २ का १ महिला र धनगढी ५ का १ महिला र १ पुरुष गरि २ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी कैलाली लम्की चुहा नगरपालिकाका २ महिला र ३ पुरुष गरि ५ जना, जानकीगाउँपालिका २ का १ महिला र १ पुरुष गरि २ जना र कैलालीकै गोदावरी नगरपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती अनुसार मंगलबार नै सेतीको प्रयोगशालामाअछामको मंगलसेन ९ का १ पुरुष, अछामको चौरपाटी गाउँपालिकाका ३ महिला र ९ पुरुष गरि १२ जना तथा डोटीको आदर्श गाउँपालिकाका १ परुषमा संक्रमण पुष्टि भएको छ ,
यस अघि आज नै डोटी प्रयोगशालामा ५९ जनाको परीक्षणमा ४५ जना र डडेल्धुरामा ५० जनामा संक्रमण पुष्टि भएको थियो ।