धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मंगलबार सुदूरपश्चिममा थप १२९ जनामा संक्रमण पुष्टि

मंगलबार सुदूरपश्चिममा थप  १२९ जनामा संक्रमण पुष्टि

धनगढी

     सुदूरपश्चिममा आज कैलालीका ३० सहित  एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पतालमा ३४, डडेल्धुरा अस्पतालमा ५० र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ४५ जना गरि एक सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।

   यी तीन वटै प्रयोगशालामा आज पुष्टि भएकामा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा रहेका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई, वडा नम्वर २ का एक, लम्कीचुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । डोटीको आदर्श गाउँपालिकका एक जनामा पनि कोरोना देखिएको छ ।

   मंगलबार डोटी अस्पतालमा ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको डोटी अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।

  मंगलवार नै डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको  हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरीया र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको    छ । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले जानकारी दिए । उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।