धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
मंगलबार सम्म सेती प्रादेशिक अस्पतालका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार थप चार स्वास्थ्यकर्मीमा कोरोना भाईरस पुष्टि भए संगै अस्पतालमा संक्रमितको संख्या १० पुगेको हो । मंगलवार सेती प्रादेशीक अस्पतालको परिक्षणमा पुष्टि भएका ३४ जना मध्य ४ जना सेती अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी रहेको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तीन महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । यस अघि सेती प्रादेशीक अस्पतालका तीन स्वास्थ्यकर्मी र तीन जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।