धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा नौँ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ ।
बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युको नौ दिनपछि कोरोना पुष्टि भएको हो । यो संगै कोरोना संक्रमणबाट मृतकको संख्या कैलालीमा पाँच पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले मंगलबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए ।
भदौ १ गते पुरुषको मृत्यु भएको र सुरुमा उनको स्वाव परीक्षणका लागि धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पठाइएको तर त्यहाँ चाप बढि भएपछि परिक्षणका लागि डडेल्धुरा स्थित प्रयोगशालामा पठाइएको निमित्त प्रमुख धामीले जानकारी दिए ।
उनका अनुसार आज डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको र ति मध्य कैलालीका ति मृतक पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।