धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

चोरी मुद्दामा फरार ४ जना १६ बर्षपछि पक्राउ

धनगढी

  कैलालीको जोशीपुरबाट डाँका चोरी मुद्दाका फरार चार जना अभियुक्त पक्राउ परेका छन् ।

   जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरेको हो ।

   २०६१ साल माघ २७ गतेदेखि फरार रहेका जोशीपुर गाउँपालीका वडा नम्वर ६ बस्ने ४५ बर्षीय कुमराज थापा, वडा नम्वर ३ बस्ने ४९ बर्षीय भगत चौधरी, सोही गाउँपालिकाको वडा नम्वर ४ बस्ने गुनसिंह कठरिया र भजनी नगरपालिका वडा नम्वर ६ बस्ने ४७ बर्षीय टीकाराम चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।