धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कंचनपुरको भीमदत्त नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रम

धनगढी

 कंचनपुरको  भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ ।

 नगरपालिका भित्र रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विकासका लागि स्थानीय पाठ्क्रम निर्माण गरिएको भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए । नगरपालिकाले योग शिक्षा र एकिकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको छ ।

 ‘शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ, उनले भने– ‘एकिकृत पाठ्यक्रममा नगरको कृषि, धार्मिक क्षेत्र, सस्कृति, स्थानीय सम्भावना लगायतका विषय समेटिएको    छ । नगरपालिकाले योग शिक्षा र एकिकृत स्थानीय पाठ्क्रम निर्माण गरेको छ । योग शिक्षा कक्षा १ देखि कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई पढाइने उनल े बताए ।

  नगरपालिकाको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, वन, कृषि लगायतलाई समावेश गरी तयार गरिएको एकिकृत स्थानीय पाठ्यक्रम आधारभूत तहका विद्यार्थीलाई पढाइने उनले जानकारी दिए ।

 विद्यालय सञ्चालन भएपछि योग शिक्षा र एकिकृत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइने शिक्षा शाखा प्रमुख जोशीले बताए । उनले भने –‘यसै वर्षदेखि यहाँका विद्यालयमा कक्षा १ का विद्यार्थीलाई योग शिक्षा विषय पढाउछौं ।

राष्ट्रिय पाठ्यक्रम २०७६ मा भएको व्यवस्था अनुसार भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने तयारी गरेको हो ।